नेकपा एमाले द्वारा नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डे संग फेरी स्पष्टिकरण मागियो

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

काठमाडौँ — हिजो नेकपा एमाले द्वारा नेता माधवकुमार नेपाल र भीम रावललाई कार्बाही गरी ६ महिनाका लागी निलम्बित गरे संगै अर्खा दुई जना नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डे लाई फेरी स्पष्टिकरण मागिएको जानकारी रहेको छ ।

केही दिन अघी पनी दुबै नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डे संग लिखित स्पष्टिकरण मागिएको थियो तर उनी हरु बाट कुनै जवाफ नआएपछी दुबै नेता संग फेरी स्पष्टिकरण मागिएको एमाले नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन।

चैत्र ७ गते बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार गत सोमबार महासचिव ईश्वर पोखरेलले नेता माधवकुमार नेपाल, भीम रावल, भुसाल र पाण्डेलाई तीन दिनभित्र स्पष्टिकरण बुझाउन भन्दै पत्र लेखेका थिए । नेपाल र रावलले समयमै स्पष्टिकरण बुझाएपनि भुसाल र पाण्डेले बुझाएका थिएनन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *