नेपालमा कोरोनाभाइरस – आज १६७ जना सङ्क्रमित थपिए

Breaking News समाचार स्वास्थ्य
शेयर गर्नु होला

काठमाडौं – नेपालमा कोरोनाभाइरसका १६७ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७७ हजार १४७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन हजार १४० जनाको आरटीपीसीआर परीक्षण गरेकोमा १६७ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११५ जना कोरोनामुक्त भएका छन । हालसम्म दुई लाख ७२ हजार ७२७ जना कोरोना सङ्क्रमित निको भएका छन् । मन्त्रालयका अनुसार हाल एक हजार ३९० जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।

पछिल्लो चौबीस घण्टामा दुई जना सङ्क्रमितको मृत्यु भएको र कोरोनाकै कारणले चौबीस घण्टामा तीन जनाको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ । हालसम्म कोरोना सङ्क्रमणबाट तीन हजार ३० जनाको मृत्यु भएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *