प्रतिनिधिसभा बैठक आज बस्दै

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौं – प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा सांसदहरुले विशेष समय र शुन्य समयमा आफ्नो धारणा राख्ने कार्यक्रम रहेको संघीय सचिवालयका पदाधिकारीहरुले जानकारी गराएका छन। बैठकको कार्यसूचीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा दुईवटा वार्षिक प्रतिवेदन पेश गर्नेछन ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक आ.व. २०७६७७ को वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको आ.व. २०७६७७ को वार्षिक प्रतिवेदन सरकारको तर्फबाट पेश हुने कार्यसूची तय गरिएको संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

त्यसैगरी विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले विकास तथा प्रविधि समितिको वार्षिक प्रतिवेदन २०७७ पेश गर्नुहुने कार्यसूची रहेको छ । सोहीअनुसार नेपाली काँग्रेसका नेता तथा सांसद नविन्द्रराज जोशीको ५९ वर्षको उमेरमा चैत १३ गते शुक्रबार उपचारकै क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएकाले उहाँको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि रहेको छ ।

सोहीअनुसार संविधानसभाका पूर्व सदस्य लक्ष्मीदेवी भण्डारीको ६८ वर्षको उमेरमा चैत १६ गते सोमबार ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएकाले उहाँको शोक प्रस्ताव पनि बैठकले पारित गर्ने कार्यसूची तय गरिएको संसद सचिवालयले जानकारी दिएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *