काठमाडौँ — बर्तमान समयमा केपी ओली नेतृत्वको सरकार युद्द स्तरमा जनता समाजावदी पार्टी संग सहकारी र साझेदारि गरेर सत्ता र सरकार टिकाई राखने प्रयासरत रहीरहेको अवस्थामा पुर्ब प्रधानमन्त्री तथा जसपाका नेता बाबुराम भट्टराईले रेशम चौधरीलगायत बन्दीको रिहाईलाई केपी ओली नेतृत्वको सरकारमा जाने कुरासँग जोडेर नहेर्न आग्रह गरेका छन् ।
नेता भट्टराईले आफ्नू सामाजिक सञ्जाल ट्वीटरमा एेउटा ट्विट गर्दै रेशम चौधरी लगायतका राजवन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासंग नजोडन अनुरोध गएर्का छन। साथै नेता भट्टराईले जन नेता बन्दी बिपीको रिहाइ मागलाई समेत अहिले को घटना संग जोडदै के बिपीको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी भएको थियो भनेर प्रश्न समेत गेरेका छन।
ट्वीटरमा नेता भट्टराई लेखछन, “रेशम चौधरी लगायतका राजवन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासंग नजोडियोस्!के बन्दी बिपीको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी भएको थियो!के आफ्ना नेताकार्यकर्ताको रिहाइ माग गर्ने कांग्रेसकम्युनिष्ट पंचायत छिरेका थिए?जसपाले ओलीतन्त्रको घाॅस खान्न!चेतना भया!”
रेशम चौधरी लगायतका राजवन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासंग नजोडियोस्!के बन्दी बिपीको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी भएको थियो!के आफ्ना नेताकार्यकर्ताको रिहाइ माग गर्ने कांग्रेस/कम्युनिष्ट पंचायत छिरेका थिए?जसपाले ओलीतन्त्रको घाॅस खान्न!चेतना भया!
— Baburam Bhattarai (@brb1954) April 1, 2021
सरकारमा जानेनजाने विषयले जसपाभित्र चर्को विवाद देखिएकै बेला अध्यक्ष भट्टराईको यस्तो अभिव्यक्ति आएको हो । जसपामा भट्टराई र उपेन्द्र यादवपक्ष ओली सरकारमा सहभागी हुन नहुने अडान राख्दै आएका छन् ।