घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई छ महिनाका लागि निलम्बन गर्ने निर्णय एउटा भद्दा मजाक भयो- पुर्ब मन्त्री योगेश भट्टराई

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले थप दुई नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई छ महिनाका लागि निलम्बन गर्ने निर्णय गरे संगै उक्त कारबाहीलाई लिएर पुर्ब मन्त्री योगेश भट्टराईले कारबाहीलाई भद्दा मजाकको संज्ञा दिएका छन् ।

नेताद्वय पाण्डे र भुषालले स्पष्टीकरणको जवाफ ढिला दिएको र स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले दुबैलाई निलम्बन गर्ने निर्णय गरेको थियो।

आफ्नो सामाजिक संजाल ट्विटरमा एउटा ट्विट गर्दै नेता भट्टराईले ऋषिमुनी र बुद्धको ज्ञान भूमि अनि मार्क्सवादको उर्वर भूमि नेपालमा आजकाल विद्वान, इमान्दार र नैतिकवानहरु माथि कारबाही हुन्छ भनेका छन। साथै उनले मुर्ख, भ्रष्ट र अनैतिकहरु पुरस्कृत हुन्छन् भनेका छन।

नेता भट्टराई लेख्दछन, “ऋषिमुनी र बुद्धको ज्ञान भूमि अनि मार्क्सवादको उर्वर भूमि नेपालमा आजकाल : विद्वान, इमान्दार र नैतिकवानहरु माथि कारबाही हुन्छ । मुर्ख, भ्रष्ट र अनैतिकहरु पुरस्कृत हुन्छन् । कमरेड घनश्याम र सुरेन्द्रजी माथि त्यस्तै भद्दा मजाक गरिएको छ,”।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *