काठमाडौं – भारतमा कोरोनाभाइरसका ८१ हजार ४६६ जना सङ्क्रमित थपिएका छन् । बिहीबार थपिएका सङ्क्रमित संख्या गत् छ महिना यताकै एक दिनमा थपिने सबैभन्दा बढी हो । गत अक्टोबर २, २०२० मा ८१ हजार ४८४ जना सङ्क्रमित थपिएका थिए । थपिएका नयाँ सङ्क्रमित सँगै भारतमा कोरोनाभाइरसका कुल सङ्क्रमित एक करोड २३ लाख तीन हजार १३१ पुगेको छ ।
भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाको अनलाइन संस्करणका अनुसार पछिल्लो चौबीस घण्टामा ४६९ जना सङ्क्रमितको मृत्यु भएको छ । यो गत डिसेम्बर छ यताकै सबैभन्दा बढी हो । हालसम्म एक लाख ६३ हजार ३९६ जना सङ्क्रमितको मृत्यु भएको हो ।
भारतमा कोरोनाभाइरसका सङ्क्रमितको संख्या लगातार २३ औं दिनसम्म वृद्धि भैरहेकाे छ । सक्रिय सङ्क्रमितको संख्या भने कुल सङ्क्रमितको पाँच प्रतिशतभन्दा बढी छ । हाल छ लाख १४ हजार ६९६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।