काठमाडौं – आज औपचारिकरुपमा भृकुटीमण्डपस्थित नयाँ निर्माण गरिएको ३ ढुंगेधारासहितको स्मारकमा मेलम्चीको पानीको उद्घाटन गरिएको छ। उक्त अवशरमा राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा औपचारिकरुपमा उद्घाटन गरिएको छ। सोहि अवशरमा प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजनाको सफलता पछी केही बर्ष पछी अन्य दुई नदी बाट पनी पानी ल्याईने बताएका छन।
प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको सफलता पछी आगामी तीन वर्षपछि याङ्ग्री र लार्केको पानी पनी काठमाडौ आउने विश्वास व्यक्त गरेका छन।
त्यसका लागी प्रधानमन्त्री ओलीले पानी काठमाडौ आउने वातावरण बनाउनुपर्ने जिकिर गरीका छन भन्ने सोही अनुशार मन्त्रालयलाई अगाडि बढाउन निर्देशन समेत दिएका छन।