आज थपिए १७९ कोरोना सङ्क्रमित

Breaking News समाचार स्वास्थ्य
शेयर गर्नु होला

काठमाडौं – नेपालमा कोरोनाभाइरसका १७९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ५६५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १७९ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार हाल एक हजार ६४७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । दैनिक रुपमा कोरोनाभाइरस सङ्क्रमितको संख्या वृद्धि हुँदा सक्रिय सङ्क्रमितको संख्यामा समेत वृद्धि भएको छ । गत् साताको अपेक्षा सक्रिय सङ्क्रमितको संख्या करिब दोब्बर भएको छ । हाल एक हजार ६४७ जना आइसोलेशनमा र ६१ जना क्वारेन्टिनमा छन ।

पछिल्लो चौबीस घण्टामा सङ्क्रमितको मृत्युको पुष्टि भएको छैन । हालसम्म तीन हजार ३१ जनाको कोरोना सङ्क्रमणले मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *