काठमाडौं – नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने निर्णय गरेको छ।
हिजो बेलुका पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले प्रधानमन्त्री ओलीको राजीनामा मागेर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने गरी अग्रसरता लिने निर्णय गरेको एक जना केन्द्रीय सदस्यले जानकारी गराएका छन।
पार्टीको आगामी कदमबारे कार्यसमितिका पदाधिकारीहरुबीच अनौपचारिक रुपमा दिउँसो छलफल चलेको थियो । पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडललगायत नेताहरूबीच समूहगत रुपमा छलफल भएको थियो।
बैठकमा पार्टीको क्रियाशील सदस्यता विवाद, राप्रपाबाट कांग्रेसका प्रवेश गरेकाहरुलाई क्रियाशील सदस्यता दिने र केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको विकल्पका विषयमा छलफल भएको थियो ।