समर्थन फिर्ता गर, राजीनामा आइहाल्छ : प्रधानमन्त्री ओली

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई दिएको समर्थन फिर्ता लिएमा राजीनामा दिने बताएका छन् । शनिबार एक कार्यक्रममा बोल्दै उनले आफूले राजीनामा माग्दैमा नदिने तर समर्थन फिर्ता लिएमा राजीनामा आउने बताएका हुन ।

देशभरका १ सय ६५ सडक सञ्जालको सुभारम्भ गर्ने कार्यक्रममा सम्बोधन गर्दै ओलीले सरकारलाई दिएको समर्थन फिर्ता लिन चुनौति दिएका हुन।प्रधानमन्त्री ओलीले भने, ‘आफूलाई स्थापीत, राष्ट्रको लोकप्रिय, सबैभन्दा बढी विक्ने भन्ने अखबारले काठमाडौंमा मेलम्चीको पानी आएको समाचार दिँदैनन। प्रधानमन्त्रीको राजनीनामा मागियो भन्दै समाचार छाप्छ। राजीनामा त माग्यामाग्यै छन् त । मागेपिच्छे कसरी राजीनामा दिन सक्छु ? हरेक दिन राजीनामा माग्या छ माग्या छ । ए बाबा हटाउ न त । समर्थन फिर्ता लीदेउ भन्छु, त्यो पनि लिँदैनन्। राजीनामा माग्छन्। राजीनामा त अैहाल्छ नी समर्थन फिर्ता गर न। समर्थन फिर्ता लिदैनन्, राजीनामा माग्छन।’

ओलीलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिएको छैन । ओलीले माओवादीतर्फ लक्षित गर्दै समर्थन फिर्ता नलिएकाले राजीनामा दिन नसकेको बताएका हुन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *