काठमाडौं – प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारबाट आज बिहान १६५ निर्वाचन क्षेत्रमा १६५ सडक, कुल २२०० किलोमिटर सडक सञ्जालको निर्माणको शिलान्यास गरेका छन।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवले गराएको जानकारी अनुशार बालुवाटारबाटै औपचारिक समारोहमार्फत् ती सडक निर्माणको शुभारम्भ गरिएको थियो। सो समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यी सडक निर्माणको काम तीव्रताका साथ सम्पन्न गर्ने बताए।
साथै सडक तीनवर्ष भित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ। सडकको कुल लागत ५७ अर्ब १० करोड रुपैयाँ अनुमान गरिएको छ। ‘निर्वाचन क्षेत्र रणनीतिक सडक’ कार्यक्रम अन्तर्गत प्रत्यक्ष निर्वाचित सांसदहरुले सिफारिसमा सडक तय गरिएको हो।