काठमाडौं – नेपालमा कोरोनाभाइरसका १२८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ७२७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १२८ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
हालसम्म दुई लाख ७३ हजार १२३ जना सङ्क्रमित निको भैसकेका छन् । मन्त्रालयका अनुसार हाल एक हजार ६१३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । पछिल्लो चौबीस घण्टामा १ जना सङ्क्रमितको मृत्यु भएकाे छ । हालसम्म तीन हजार ३२ जनाको कोरोना सङ्क्रमणले मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ ।