झलनाथ खनाल निवास डल्लुमा राष्ट्रपति

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई भेट्न उनकै निवास डल्लु पुगेकी छिन ।राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व प्रधानमन्त्री झलनाथ खनालबीच अहिले भेटवार्ता जारी छ ।

राष्ट्रपति भण्डारी इतिहासविद डा. महेशराज पन्तले स्थापना गर्नुभएको पुस्तकालयको उदघाटन गर्न डल्लु गएकाबेला नेता खनालसँग पनि छलफलका लागि खनाल निवासमा आएको जनाईएको छ ।

पूर्व प्रधानमन्त्री खनालको स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि भारतको दिल्ली गएका थिए । उपचार गराई फर्किएपछिपछि उनको स्वास्थ्यावस्थाबारे जानकारी लिन र समसामयिक राजनीतिक विषयमा परामर्श गर्न राष्ट्रपति भण्डारी खनाल निवासमा आएको बताइेको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *