नरैनापुर खोदवा गाउँमा आगलागी हुँदा १ सय १५ घर पूर्णरूपमा जले, ३ जना घाइते

Breaking News समाचार
शेयर गर्नु होला

नेपालगंज – नरैनापुर गाउँपालिका–४, खोदवा गाउँमा आगलागी हुँदा १ सय १५ घर पूर्णरूपमा जलेका छन् । ३ जना घाइते भएका छन् । उनीहरूको स्थानीय लक्ष्मणपुर अस्पतालमा उपचार भइरहेको छ ।

आगोमा जलेर ३ जना मानिस घाइते भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी गराएका छन । जानकारी अनुशार स्थानीय फकिर खाँको गोठबाट सुरु भएको आगो बस्तीभरि फैलिएको थियो।

नरैनापुर नेपालगन्जदेखि ४० किमि पूर्वमा पर्छ । यसअघि पनि नरैनापुरका विभिन्न गाउँमा पटक–पटक आगलागी भइसकेको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *