काठमाडौं – आइतबार विहान बस्ने तय भएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिन बैठक बस्ने तय भएपनि अन्तिम समयमा आएर बैठक स्थगित भएको हो।
केन्द्रीय कार्यालय पेरिसडाँडाका सचिव श्रीराम ढकालले केही नेताहरु काठमाडौं उपत्यका बाहिर रहेकाले बैठक स्थगित गरिएको जानकारी दिए। उनका अनुसार बैठकको अर्को मिति तोकिएको छैन ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने औपचारिक निर्णय गरेपछि हौसियको माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिन स्थायी कमिटी बैठक बोलाएको थियो।