काठमाडौँ — अखिल नेपाल फुटबल संघ(एन्फा)ले टेक्निकल कमिटीको सिफारिस अनुसार राष्ट्रिय टिमको मुख्य प्रशिक्षकका रुपमा कुवेती नागरिक अब्दुल्लाह अलमुताइरी चयन गरेको छ।
एन्फाले गराएको जानकारी अनुशार अब्दुल्लाह अलमुताइरीले अौने जुन महिनामा हुने विश्वकप छनोटका ३ खेल र साथै सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिपमा नेपाली टिमलाई प्रशिक्षण गर्नेछन।
जानकारी अनुसार अब्दुल्लाहलाई एक वर्षको जिम्मेवारी दिइएको हो । यस अघी नेपाली राष्ट्रिय टिममा प्रशिक्षकको भुमिका बाल गोपाल महर्जनले सम्हालदै अाएका थिए। विश्वकप छनोट खेल्ने टिमको मुख्य प्रशिक्षकसँग प्रो लाइसेन्स हुनुपर्ने नियम फिफाले ल्याएपछि एन्फाले अब्दुल्लाहलाई प्रशिक्षक बनाएको जानकारी रहेको छ ।