एजेन्सि – भारतको छत्तीसगढ राज्यमा माओवादीहरूले प्रहरीको कमाण्डो युनिटलाई धरापमा पारेर गोली चलाउँदा कम्तीमा २२ जना प्रहरीको ज्यान गएको अधिकारीहरूले पुष्टि गरेका छन।
बिजापुर जिल्लाको जङ्गली इलाकामा शनिवार उक्त घटना भएको बताइेको छ। छत्तीसगढका एक वरिष्ठ सुरक्षा अधिकारी अशोक जुनेजाले उक्त हमलापश्चात् एकजना जवान अझै हराइरहेको बताएका छन।
छत्तीसगढमा नक्सलवादी भनेर चिनिने माओवादीहरूको सक्रियता पाइन्छ। त्यहाँ विगतमा पनि ठूल्ठूला हमला भएका थिए। आइतवार प्रेससँग बोल्दै अधिकारीहरूले दिएको जानकारी अनुसार माओवादी तथा सुरक्षाकर्मीबीच करिब चार घण्टा गोली हानाहान भएको थियो। माओवादीतर्फ पनि निकै क्षति भएको बताइेको थियो। घाइते जवानहरूलाई बीजापुर तथा रायपुरका अस्पताल लगिएको बताइेको छ।