नेपाल सरकार र थारू कल्याणकारिणीसभा सङ्घर्ष समितिसँगको दोस्रो वार्ता सकारात्मक, अर्काे चरणको वार्ता निकट भविष्यमै हुने

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौँ – नेपाल सरकार र थारू कल्याणकारिणीसभा सङ्घर्ष समितिसँगको दोस्रो वार्ता सकारात्मक भएको छ । वार्ताका क्रममा सङ्घर्ष समितिले राखेका मागहरुका बारेमा थप व्याख्या र छलफल भएको सरकारी वार्ता समितिका सदस्य डा। राजन भट्टराईले जानकारी दिनुभयो । वार्ता सहमति उन्मुख रहेको र अर्काे चरणको वार्ता निकट भविष्यमै हुने उहाँले जानकारी दिनुभयो ।

मागमुद्दा सम्बोधन गर्न सक्नेखालको रहेको तर केही मुद्दामा दुवै पक्षले आपसी सहमतिमा निक्र्यौल गर्नुपर्ने रहेको विषयमा दुवै पक्ष सकारात्मक रहेको जानकारी दिनुभयो । संघर्ष समितिको तर्फबाट वार्ता टोलीका सदस्य प्रेमीलाल चौधरीले सरकारी पक्षको कुरा सकारात्मक आएकाले आफूहरु उत्साहित रहेको बताउनुभयो । माग मुद्दा शतप्रतिशत पूरा हुन्छ भन्ने छैन, तर उहाँहरुले बढीभन्दा वढी माग सम्बोधन गर्नसक्ने बताउनुभएको जानकारी दिनुभयो ।

आज दोस्रो चरणको वार्ताले माग सम्बोधन गराउने वातावरण तयार भएको दावी गर्दै चौधरीले भन्नुभयो, “सम्भवतः अर्को तेस्रो चरणको वार्तामा मोटामोटी सहमति बन्छ ।” थारु कल्याणकारिणी सभाका महामन्त्री समेत रहनुभएका चौधरीले अर्को बैठकबारे भोली सूचना आउने जानकारी दिनुभयो । सरकारी वार्ता टोलीले अनुकुल समय पारेर वार्ताको समय तय गर्ने कुरा भएको जानकारी दिनुभयो ।

सरकारी टोलीमा गृहमन्त्री बादल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा। भट्टराई र पूर्व राज्यमन्त्री भगवती चौधरी सदस्य रहनुभएको छ । त्यस्तै, संघर्ष समितिको तर्फबाट पूर्व सांसद रुक्मिणी चौधरी, महामन्त्री चौधरी, सांसद पद्मनारायण चौधरी, केन्द्रीय सदस्य प्रभातकुमार चौधरी, थारु विद्यार्थी समाजका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद चौधरी सदस्य रहनुभएको छ । यसअघि चैत १७ गते मंगलबार पहिलो चरणको वार्ता भएको थियो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *