काेराेनाका २६६ सङ्क्रमित थपिए

Breaking News समाचार स्वास्थ्य
शेयर गर्नु होला

काठमाडौं – नेपालमा कोरोना भाइरसका २६६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार ५३६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा २६६ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७८ हजार २१० पुगेको छ । पछिल्लो चौबीस घण्टामा १०२ जना सङ्क्रमित निको भएका छन । याेसँगै दुई लाख ७३ हजार ३४२ जना सङ्क्रमित निको भैसकेका छन ।

मन्त्रालयका अनुसार हाल एक हजार ६७२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । पछिल्लो चौबीस घण्टामा दुइजनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा तीनहजार ३६ जना सङ्क्रमितकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *