कर्णाली प्रदेश मा एमालेका तीन मन्त्रीहरु ले राजीनामा बुझाए, अब के मुख्यमन्त्री शाहीले प्रदेशसभामा विश्वासको मत पाउन सक्लान त?

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

सुर्खेत- कर्णाली प्रदेश मा एमालेका तीन मन्त्रीहरु ले मुख्यमन्त्री सामु आफ्नो राजीनामा बुझाएका छन।

राजीनामा बुझाउने मन्त्री हरुमा अर्थमन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योगमन्त्री नन्दसिंह बुढा रहेका छन। पत्रकार सम्मेलनमार्फत राजीनामा दिएको जानकारी गराउँदै मन्त्रीहरुले दलको बैठकमा नै आफ्ना अडानका विषयमा छलफल र बहस गर्ने जनाएका छन् ।

संसदीय दलको बैठकले माओवादी केन्द्रबाट निर्वाचित मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा रहेका एमालेतर्फका मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको थियो । यसअघि गत चैत ४ गते एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

एमाले मन्त्रीहरुले राजीनामा दिएसँगै कणाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद धरापमा परेका छ। अब मुख्यमन्त्री शाहीले प्रदेशसभामा विश्वासको मत दिनुपर्ने हुन्छ भने अर्को तिर कर्णाली प्रदेशसभा एमाले संसदीय दलका नेता यामलाल कँडेललाई मुख्यमन्त्री बनाउने गृहकार्य भइरहेको एमाले स्रोतले जनाएको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *