दल त्याग कानुन अनुसार लुम्बिनी प्रदेशका माओवादीका दुईजना सांसदको पद खारेज

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

लुम्बिनी प्रदेश – आज माओवादी केन्द्रले आफ्ना ४ जना हाल बहालमा रहेका मन्त्रीहरुको सांसद पद खारेज गर्ने र पार्टीको सदस्यता पनी नरहने गरी निष्काशन गरे संगै उता माओवादी केन्द्रबाट निर्वाचित लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य दधिराम न्यौपाने र दिनेश पन्थी मंगलबार पदमुक्त भएको जानकारी रहेको छ।

जानकारी अनुशार एमालेमा प्रवेश गरेका माओवादीका दुईजना प्रदेशसभा सदस्यहरुको पद खारेज भएको छ। उनीहरु दुबैजनाले माओवादी त्यागेका थिए। दल त्याग कानुनअनुसार माओवादीले उनीहरुमाथि कारबाही गरेपछि उनीहरु पदमुक्त भएका हुन्।

आज प्रदेशसभाको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले उनीहरु दुबैजनाको पद रिक्त भएको जानकारी गराएका थिए। न्यौपाने रुपन्देही क्षेत्र नम्बर १ (ख) र दिनेश पन्थी गुल्मी क्षेत्र नम्बर २ (ख) बाट माओवादी केन्द्रको उम्मेदवार भइ निर्वाचित भएका थिए।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *