सरकार र थरुहट थारुवान संयुक्त संघर्ष समितिबीच तेस्रो चरणको वार्ता सम्पन्न

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौं – आज सरकार र थरुहट थारुवान संयुक्त संघर्ष समितिबीच भएको तेस्रो चरणको वार्ता सम्पन्न भएको छ ।

सिंहदरवारस्थित गृहमन्त्रालयमा भएको वार्ता सकारात्मक भएको वार्तामा सहभागी एक जना सदस्यले जनाएका छन । साथै उक्त बैठकमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा बादलले थरुहटले उठाएको १९ बुँदे मागको बुँदागतरुपमा अध्ययन गरी सम्बोधनमा सरकार सकारात्म रहेको बताएका थिए ।

आज भएको बार्तामा थरुहट पक्षले उठाएको माग हरु मध्ये सांसद रेशमलाल चौधरीको रिहाई तथा झुठा मुद्दा खारेजको विषयलाई कानुनी आधारमा समाधान खोज्ने र बाँकी मागहरु वार्ताबाटै सहमतिमा पुग्ने करिब सहमति बनिसकेको जानकारी रहेको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *