ढुंगेअड्डा, चन्द्रागिरि नगरपालिका
गैरकानुनी तरिकाले ब्युटी सामग्री बनाउने कारखानामा प्रहरीले छापा मारेको छ । चन्द्रागिरि नगरपालिका– १५ स्थित ढुंगेअड्डामा संचालनमा रहेको कारखानामा छापा मार्दै प्रहरीले उक्त कारखानाका सञ्चालक चेतन गोयललाई समेत पक्राउ गरेको जानकारि रहेको छ ।
भारतमा बनेको भनी गैरकानुनी तरिकाले ब्युटी सामाग्री हरु उत्पादन गर्दै आएका सञ्चालक चेतन गोयल दुई बर्ष अघाढी पनी प्रहरी द्वारा पक्राउ परेका थिए । जमानत मा रिहाई भए पस्चात फेरी उनले उक्त कार्य संचालन गरेको प्रहरी ले जनाएको छ ।
प्रहरी द्वारा कारखानामा छापा मार्दा नेपाल र भारत दुवै मुलुकमा उत्पादन भएको भनी उल्लेख गरिएको मेहेन्दी र फेस क्रिम भेटिएको प्रहरी ले बताएको छ । साथै उत्पादित सामग्रीमा नक्कली होलोग्राम प्रयोग भएको र सामग्री सबै नक्कली रहेको अनुसन्धानमा संलग्न एसपीले बताएका छन ।
गैरकानुनी तवरले कारखाना सञ्चालन भइरहेको सूचनापछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीसँगै प्रहरिले गोयल्को कारखानामा छापा मारेको थियो ।