नेपालमा कोरोना – आज थपिए ३३९ सङ्क्रमित

Breaking News समाचार स्वास्थ्य
शेयर गर्नु होला

काठमाडौं – नेपालमा कोरोना भाइरसका ३३९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार एकसय जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ३३९ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७८ हजार ८१९ पुगेको छ । पछिल्लो चौबीस घण्टामा १६३ जना काठमाडाैं उपत्यकामा सङ्क्रमित थपिएका छन् ।

काठमाडाैंमा १६३, ललितपुरमा २६ र भक्तपुरमा ५ जना सङ्क्रमित थपिएका छन् । नेपालमा अहिले २२ सय एकजना सकृय सङ्क्रमित रहेका छन् । नेपालमा निकाे हुने दर घटेकाे छ । नेपालमा अहिलसम्म दुई लाख ७३ हजार ५२९ निकाे भएका छन ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *