काठमाडौं – भक्तपुरमा हरेक वर्ष मनाइने बिस्केट जात्रा लाई लिएर सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरी जात्रा नरोक्न आदेश जारी गरेको छ ।
कोरोना भाइरसको सङ्क्रमण लाई ध्यानमा राखी कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (डिसिसिएमसी)को बैठकले यस पालीको बिस्केट जात्रा माथी प्रतिबंध लगाएको थियो।
जनस्तर बाट उक्त निर्णयको बिरोध हुदै गर्दा जात्रा सञ्चालनको माग गर्दै सर्वोच्च अदालतमा अधिवक्ता राजकुमार सुवालले रिट दायर गरेका थिए । सोही रिट लाई लिएर सर्वोच्च अदालतले आज प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले जात्रामा रोक नलगाउन र सञ्चालन गर्न अन्तरिम आदेश जारी गरेको अदालतले जानकारी दिएको छ ।