काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पुर्ब मन्त्री गगन थापाले बर्तमान सरकारले गरेका कामलाई लिएर संसदमा आएर बहस र छलफल गर्न प्रधानमन्त्री लाई चुनौती दिएका छन् ।
आज प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गगन थापाले प्रधानमन्त्रीले बाहिर ‘मिथ्यांक प्रस्तुत गर्दै’ मुलुकमा सरकारले राम्रा काम गरेको र समृद्धि भएको भन्ने भाषण गर्ने गरेको भन्दै थापाले तथ्यांकमा टेकेर संसदमा बहस गर्न आउन चुनौती दिएका हुन् ।
नेता गगन थापाले भने” बाहिरको सभा-सम्मेलनमा उभिएर प्रशन नगर्ने ठाउमा, हुक्के, चिलिमे, बैठके, चौतारे, राखेर माथी बाट ठोक्ने, तलकोले ताली बजाउने अनी मान्य सांसदहरुले संसदमा आएर बाल कबिता सुनाएर बस्ने हैन, म हामी तपाई संग बहश गर्न तयार छौ, तपाइले प्रश्तुत गर्नु भएको तथ्यमा टेकेर तपाईको एेउटा एेउटा मन्त्रालयमा बहस गर्न त्यार रहेको छौ। कहा ३ बर्षमा चमत्कार भएको छ? पानीमा बहस गरौ, सडकमा बहस गरौ, पुलमा बहस गरौ, राष्ट्रिय गौरब को एेउटा एेउटा आयोजनामा बहस गरौ, तथ्य र तथ्यांकमा टेकेर बहस गरौ प्रधान्मन्त्री ज्यु, नेपालको ईतिहासमा सबै भन्दा बढी अवशर पाउनु भएको अवस्थामा काम कती भयो कसरी भयो भन्ने कुरामा बहस गर्न यो संसदमा एेउटा सांसद निउतो दिन चाहन्छन, चुनौती दिन चाहन्छ संसदलाई छलेर भागेर हाइन, याहा भित्र अाएर छलफल गरौ सिलन्याश र उधघाटन नै गर्ने रहर हो भने उधघाटान सुरु भयी सकेका पुलहरु सकिए पिछाडी बालुवाटार परिशर भित्र थुप्रै जग्गा खाली छ त्यही भित्र प्रतेक दिन एेउटा नया भवनको शिलन्याश गर्नु होला बनेको कोठाको फेरी उधघाटन गर्नु होला”
भिडिओ को श्रोत: एभरेष्ट नेपालको युटुब च्यानल