कोरोना भाईरसका ३३२ जना सङ्क्रमित थपिए

Breaking News समाचार स्वास्थ्य
शेयर गर्नु होला

काठमाडौं – नेपालमा कोरोना भाइरसका ३३२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार ६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ३३२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अद्यावधिक गर्दै सो कुरा जानकारी दिएको हो । पछिल्लो चौबीस घण्टामा ७९ जना संक्रमति निको भएको मन्त्रालयले जानकारी दिएको छ ।हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार ६०८ पुगेको छ ।

हालसम्म कोरोनाको कारण ३ हजार ३८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट कुनै पनि बिरमीको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । यस्तै, हालसम्म ७७ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २३ लाख २ हजार १७३ जनाको पीसीआर परीक्षण गरिएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *