सांसद पदबाट पदमुक्त भए संगै मन्त्रीहरुको मन्त्री पद समेत गयो

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

काठमाडौं – नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चारजना मन्त्री सांसद पदबाट पदमुक्त भए संगै उनीहरुको मन्त्री पद समेत गएको छ।

उद्योग वाणिज्यमन्त्री लेखराज भट्ट, सामाजिक सुरक्षा तथा श्रम रोजगारमन्त्री गौरीशंकर चौधरी, ऊर्जामन्त्री टोपबहादुर रायमाझी र सहरी विकासमन्त्री प्रभु साहको सांसद तथा मन्त्री पद दुबै खोसिएको छ।

सांसद भएका व्यक्ति मन्त्री हुन पाउने संवैधानिक व्यवस्थाअनुसार मन्त्री भएका उनीहरुको सांसद पद गएसँगै मन्त्री पद पनि गएको हो। दल बदल कानुनअनुसार दल त्यागेको सूचना माओवादी केन्द्रले संसदलाई दिएपछि बिहीबार सभामुख अग्निप्रसा सापकोटाले उनीहरु चारैजनालाई सांसद पदबाट मुक्त गरेको जानकारी दिएका थिए।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *