सांसद पद गुमाएका ४ मन्त्रीको पुनर्नियुक्ति हुने

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौं – माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका चार जना नेताको सांसद र मन्त्री पद खोसिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले चारै जना नेतालाई पुन मन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन।

पार्टी एकता र देशका लागि निरन्तर लडेको भन्दै चारै जना नेतालाई प्रधानमन्त्रीले सविधानको व्यवस्था अनुसार फेरि मन्त्री पदमा नियुक्त गर्ने तयारी गरेका हुन।माओवादी केन्द्र छाडेर हालै एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री पदमा पुनर्नियुक्तिको सिफारिस गरेका हुन ।

हालै एमाले केन्द्रीय सदस्यमा मनोनीत भएका उनीहरुलाई नेकपा माओवादी केन्द्रले दलबाट निश्कासनको कारबाही गरेको थियो । राजनीतिक दलसम्बन्धी ऐनमा सांसदलाई निर्वाचित भएको दलले निश्कासन गरेपछि सांसद पनिबाट पदमुक्त हुने व्यवस्था छ ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले रायमाझी, भट्ट, साह र चौधरीको सांसद पद रिक्त भएको जानकारी गराएका थिए। उनीहरुको सांसदपद रिक्त भएसँगै मन्त्री पदबाट समेत मुक्त भएका छन्। चारै जना माओवादी केन्द्रबाट प्रत्यक्ष निर्वाचन सांसद हुन।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *