पछिल्लो चौबीस घण्टामा १२७ जना संक्रमति निको भए

Breaking News समाचार स्वास्थ्य
शेयर गर्नु होला
  • 15
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

काठमाडौं – नेपालमा कोरोना भाइरसका २८८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार ७१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा २८८ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित अद्यावधिक गर्दै सो कुरा जानकारी दिएको हो ।

पछिल्लो चौबीस घण्टामा १२७ जना संक्रमति निको भएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै मृत्यु हुनेको संख्या शून्य रहेकोमा हालसम्म तीन हजार ३८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७९ हजार ३८८ पुगेको छ । नेपालमा अहिलसम्म दुई लाख ७३ हजार ७३५ जना निको भएका छन् ।


शेयर गर्नु होला
  • 15
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *