“प्रचण्डलाई धेरै पटक प्रधानमन्त्री बन्नुस भने आग्रह गरे, मानेन अहिले केपी शर्मा ओलीले लात हाने, बल्ल थाहा पाए “- नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा [भिडिओ]

समाचार
शेयर गर्नु होला
  • 57
  •  
  •  
  •  
  •  
  •  
    57
    Shares

काठमाडौं – नेपाल निजामति कर्मचारी युनियन संघको राष्टिय भेला तथा विधान अधिवेशन २०७७ को उद्घाटन अवशरमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ‘प्रचण्ड’ लाई आफुले पटक पटक प्रधानमन्त्री बन्न आग्रह गरेको र आग्रह नमान्दा अहिले उनलाई केपी शर्मा ओलीले लात हानेको बताएका छन् ।

कार्यक्रम उद्घाटन गर्दै सभापति देउवाले आफुले धेरै पटक प्रचण्डलाई प्रधानमन्त्री बनाउन खोजेको तर प्रचण्डले आफुले भनेको नमानी केपी शर्मा ओली तिर जादा अन्तिममा अहिले धोका खाएको भन्दै ब्यंगात्म रुपमा बणन गरेका छन।

सभापति देउवाले भने, ‘मैले प्रचण्डलाई तपाई नै प्रधानमन्त्री बन्नु भनेको हो तर उनी उता गइदिए । तपाई नै प्रधानमन्त्री बन्नु मान्छु भनेको हो मैले । बल्ल थाहा पाए प्रचण्डले अहिले आएर ।’

साथै सभापति देउवाले अहिले को स्थितिमा आफु प्रधानमन्त्री बन्न न चाहेको कुरा पनी प्रष्ट्याएका थिए।

भिडिओ को श्रोत: रातोपाटी टिभिको युटुब च्यानल


शेयर गर्नु होला
  • 57
  •  
  •  
  •  
  •  
  •  
    57
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *