लंडन- बेलायती माहारानी एलिजाबेथका पती राजकुमार फिलिपको ९९ बर्षको उमेरमा निधन भएको छ।बकिंघम प्यालेश द्वारा गराईेको जानकारी अनुशार राजकुमार फिलिपको आज बिहान विन्सदर क्याशलमा निधन भएको छ।
लामो समय देखी स्वास्थ्यमा अनुकुलता देखिए पस्चात गएको फेब्रुअरी महिनामा उनलाई अस्पतालमा भर्ना गरी उपचार गरिदै गरिएको थियो।राजकुमार फिलिपले राजकुमारी एलिजाबेथसँग सन् १९४७ मा बिहे गरेका थिए। त्यो एलिजाबेथले राजगद्दी सम्हाल्नु पाँच वर्ष अगाडि थियो।
बकिङ्घम राजदरबारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गहिरो दुखका साथ महारानीले उनका प्रिय श्रीमान् ड्यूक अफ एडिनबरा राजकुमार फिलिपको मृत्यु भएको घोषणा गरेकी छन्।”राजकुमार फिलिप र महारानी एलिजाबेथका चार सन्तान, आठ नातिनातिनी छन र १० जना पनातिपनातिनी छन।