काठमाडौं – शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको तिन प्रती पक्ष दलहरुको बैठक बिना कुनै ठोस निष्कर्ष सकिएको छ।
बर्तमान ओली सरकारको विकल्पक जुराउने उद्देशयले बसेको तिन दल नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को बैठक बसेको थियो। उक्त बैठकमा नेपाली काँग्रेस र माओवादी केन्द्रको कुरा मिले पनी जनता समाजवादी पार्टी (जसपा)ले भने आफ्नो कुनै धारण ब्यक्त नगरेको जानकारी रहेको छ।
आजको बठकमा जसपा अध्यक्ष महन्थ ठाकुरले आफु हरुले कुनै पनी निर्णय लिनका लागी पार्टीको बैठकबाट मात्र निर्णय दिन सकिने भएकाले आफुहरुलाई समय चाहिएको जानकारी गराएका छन।