विदाका दिन पनि बैंक खोल्न राष्ट्र बैंककोे निर्देशन

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौँ – वर्षको चार महिना बैङ्क तथा वित्तीय संस्थाहरूले सार्वजनिक बिदा र अन्य बिदाका दिनमा पनि कार्यालय खोल्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले परिपत्र जारी गरेर असोज, पुस, चैत र असारमा सबै सार्वजनिक बिदाका दिनमा पनि कार्यालयहरू खोल्न निर्देशन दिएको हो ।

यी महिनाका २५ गते र त्यसपछि मसान्तसम्म राजस्व सङ्कलन हुने भएकाले बैङ्कका शाखाहरू खोल्न राष्ट्र बैङ्कले निर्देशन दिएको हो । चेक क्लियरिङ गर्ने प्रयोजनका लागि अन्य बैङ्क तथा वित्तीय संस्था एवं नेपाल क्लियरिङ हाउस पूर्णकालीन रूपमा खुला गरी राजस्व बुझ्ने व्यवस्था गर्न र गराउन राष्ट्र बैङ्कले जारी गरेको परिपत्रमा उल्लेख छ ।

त्यस्तै  बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीले आगामी वर्षभर ३२ दिन बिदामा पाउने भएका छन । राष्ट्र बैङ्कले नयाँ वर्ष २०७८ मा कर्मचारीले ३२ दिन बिदामा बस्न पाउने व्यवस्था गरेको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *