ललितपुर मेयर कप क्रिकेट – एपीएफले जित्यो उपाधि

खेलकुद
शेयर गर्नु होला

काठमाडौं – सशस्त्र प्रहरी बल(एपीएफ)ले काठमाडौंमा जारी ललितपुर मेयर महिला च्याम्पियनशीपको उपाधि जितेको छ । उपाधिको लागि भएको खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको १०७ रनको लक्ष्य एपीएफले आठ विकेटको विशाल अन्तरले जितेको छ ।

खेल सकिन २२ बल बाँकी छँदै एपीएफले मात्र दुई विकेटको क्षतिमा १०९ रन बनाएर जित हात पार्यो । एपीएफको जितमा ओपनर ब्याट्सविमन ज्योतीले सर्बाधिक ३६ तथा सीताले २७ रनको योगदान दीइन । दुबैजना रन आउट भैइन । ओपनरद्वयले उत्कृष्ट पारी खेलेपछि एपीएफले सुदूरपश्चिममाथि सहज जित हात पार्यो । इन्दुले १९ तथा ममताले १५ रन बनाएर अविजित रहिन ।

त्यसअघि, त्रिवि क्रिकेट ग्राउन्ड कीर्तिपुरमा पहिला ब्याटिंग गरेको सुदूरपश्चिमले बिन्दूको ४४ तथा डोलीको १४ र कविता कुँवरको १३ रनको सहयोगमा २० ओभर खेलेर सात विकेटको क्षतिटमा १०६ रनको योगफल तयार गर्यो । एपीएफका लागि सीता, बिनु, करुणा र रेखाले सामान एक एक विकेट लीइन ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *