बेईजिंग — बिश्व प्रख्यात अनलाईन ब्यापारको क्षेत्रमा धेरै शक्तिशाली मानिएको कम्पनी अलिबाबा माथी एकाधिकार नियमहरु उल्लंघन गरेको आरोपमा २.७५ बिलियन अंेरिकी डलर अर्थात लगभग ३ खर्ब नेपाली रुपैयाँ जरिवाना गरिएको छ।
चिन सरकार द्वारा आज सम्म को सबै भन्दा अधिक जरिवाना गरिएको राशीको रुपमा यसलाई मानिएको छ।
China fines Alibaba record $2.75 billion for anti-monopoly violations https://t.co/qmUpnkrN18 pic.twitter.com/8Nbt9CcXb9
— Reuters (@Reuters) April 10, 2021
जानकारी अनुशार उक्त जरिवाना राशी अलिबाबाले सन् २०१९ मा गरेको आम्दानीको लगभग ४ प्रतिशत जरिवाना रहेको छ । चीनको बजार नियमनकारी निकाय स्टेट एडमिनेस्ट्रेसन फर मार्केट रेगुलेसन(एसएएमआर)गत डिसेम्बरमा अलिबाबामाथि अनुसन्धान सुरु गरेको थियो । एसएएमआरले अलिबाबाले चीनको ‘एन्टी-मोनोपोली’ कानुन यानी एकाधिकार नियमहरु उल्लंघन गरेको बताएको छ ।