म्यान्मार सैन्य दमन जारी – एकैदिन ८० जनाभन्दा बढी मानिसको मृत्यु भएको दाबी

Breaking News अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

एजेन्सि -म्यान्मारको बगो सहरमा सैन्य शासनविरुद्ध भएको प्रदर्शनमा दमन गरिँदा ८० जनाभन्दा बढी मानिसको मृत्यु भएको अभियानकर्मीहरूले बताएका छन्। मृतकहरूको शव सेनाले लिएर गएको बताइेको छ र ज्यान गुमाउनेको स्पष्ट सङ्ख्या कहिल्यै थाहा नहुन सक्छ।

प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै सुरक्षाकर्मीहरूले ठूला हतियार प्रयोग गरेको र केही हलचल हुनेबित्तिकै गोली प्रहार गरेको सञ्चारमाध्यमले जनाएका छन्। म्यान्मारमा गत माघ १९ मा देशको शासनसत्ता आफ्नो हातमा लिएपछि सेनाको कारबाहीमा ६०० भन्दा बढी मानिसको मृत्यु भैसकेको छ।

सत्तामा बसिरहनका लागि सेनाले दिनानुदिन हिंसाको सहायता लिएको देखिन्छ। म्यान्मारको मुख्य सहर याङुन नजिकैको बगो सहरमा शुक्रवार ठूलो हिंसा भएको बताइेको छ। तर त्यो घटना बाहिर आउन पूरै दिन लाग्यो किनभने धेरै बासिन्दालाई नजिकैको गाउँमा जान बाध्य पारिएको थियो। पर्यवेक्षण गर्ने एउटा कारी समूह असिस्टन्स अशोसीएशन फर पलिटिकल प्रिजनर्स (एएपीपी) ले ज्यान गुमाउने मानसिको सङ्ख्या त्योभन्दा धेरै हुन सक्ने देखिएको जनाएको छ।

द म्यान्मार नाउ पत्रिकाले प्रदर्शन आयोजकहरूलाई उद्धृत गर्दै लेखेको छ : “यो नरसंहारजस्तै छ। उनीहरूले जहीँतहीँ बन्दुक चलाएका छन्।” सेनाले सत्ता हातमा लिएयता म्यान्मारभरि विरोधप्रदर्शनहरू हुँदै आएका छन्। सैन्य कूसँगै देशमा एक वर्षका लागि सङ्कटकाल घोषणा गरिएको छ।बिबीसी


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *