काठमाडौं – देशमा कोरोनाको संक्रमणको जोखिम फेरी बढे संगै हिजो कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) द्वारा केही साताका लागी विद्यालयहरु बन्द गरी अनलाईनको माधयमको बाट पठन पाठन गर्नु पर्ने कुरा को शिफारिस गरेको थियो, तर सोही निर्णय बिरुद्ध निजी विद्यालय सञ्चालकहरुको संस्था प्याब्सनले आफ्नो असन्तुष्टि जनाएको छ ।
एेउटा बिज्ञप्ती जारी गर्दै निजी विद्यालयको प्रतिनिधिमूलक संस्था प्याब्सनले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले गरेको सिफारिस प्रती असन्तुष्टि जनाएको हो।
प्याब्सनले स्वास्थ्य सुरक्षा सावधानी अपनाएर विद्यालय सञ्चालन गर्नु नै उपयुक्त हुने बताएको छ । साथै उच्च जोखिम भएका स्थानहरु बाहेक अन्य ठाउँमा विद्यालय सञ्चालन गर्न दिन अनुरोध समेत गरेको छ।