जसपाका नेता महन्थ ठाकुर र राजेन्द्र महतो केपी शर्मा ओलीसँग सहकार्य गर्ने पक्षमा, नेता बाबुराम भट्टराई र उपेन्द्र यादव भने ‘प्रतिगमनका मतियार बनेका ओलीसँग सहकार्य गर्न नसकिने’ अडानमा

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

काठमाडौँ — सत्ता समीकरणमा मुख्य भुमिका खेल्ने पार्टीको रुपमा रहेको जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरु सत्ता समीकरणमा जाने की नजाने भन्ने छलफलमा जुटेको जानकारी रहेको छ।

जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरु बैठकमा छलफल गर्दै गरेता पनी उनीहरु बिच मुख्य विवाद एथावत नै रहेको छ। शीर्ष नेता बिच दुईथरी मत बाहिर आएका छन। मत बाझिए पस्चात हिजोको बैठक बिनानिष्कर्ष टुंगिएको थियो ।

जनता समाजवादी पार्टी (जसपा) का नेता महन्थ ठाकुर र नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गरेर जान सकिने पक्षमा देखिएका छन् भने नेता बाबुराम भट्टराई र नेता उपेन्द्र यादव भने ‘प्रतिगमनका मतियार बनेका ओलीसँग सहकार्य गर्न नसकिने’ अडानमा उभिएका छन् । सोही करणले गर्दा हिजो को बैठक बिना कुनै निष्कर्ष टुंगिएको थियो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *