दक्षिण कोरिया – ५४ सय जनाको कोटा निर्धारण

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौँ – दक्षिण कोरियाको मानव संशोधन विभाग (एचाअरडी)ले सन् २०२१ मा नेपालका लागि पाँच हजार ४०० जनाको कोटा निर्धारण गरेको छ । वैदेशिक रोजगार विभागान्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले एचाअरडीले निर्धारण गरेको यो सङ्ख्या लग्ने सङ्ख्याभन्दा पनि भाषा र सीप परीक्षा उत्र्तीणका लागि निर्धारण गरेको हो ।

एचाअरडीले सन् २०२१ का लागि ५२ हजार विदेश श्रमिक लैजाने गरी कोटा निर्धारण गरेकोमा नेपाललाई यो सङ्ख्या परेका हो । यो विश्वका विभिन्न १६ देशका लागि छुुट्याइेको कोटा हो । ईपीएस शाखाका निर्देशक इन्द्र गौतमले यो पटक एचाअरडीले सङ्ख्या पठाउँदा कोटा नभनेर परीक्षा उत्तीर्ण गर्ने भनिएकाले यीमध्ये कति जान पाउँछन् अहिलेसम्म स्पष्ट नभएको जानकारी दिए । उनले भने, “अघिल्ला वर्षमा यति कोटा भनेर निर्धारण गरिएको हुुन्थ्यो, यो पटक त्यस्तो नभएर परीक्षा उत्र्तीण गर्ने सङ्ख्या भनिएको छ, त्यसैले हामी पनि द्वुविधामा छौँ, स्पष्ट हुन प्रयास गरिरहेका छौँ । ”

निर्देशक गौतमले गएको जनवरीमै सूचना निकालेर एचाअरडीले पहिलो आधा वर्षमा उत्पादनतर्फ एक हजार नेपाली श्रमिक लैजाने भनेको भए पनि चार महिना सकिन लाग्दासमेत कुनै प्रक्रिया अगाडि नबढेको जानकारी दिए । पहिलो आधा वर्षका लागि गरेको प्रतिबद्धता नै कार्यान्वयन नभएको अवस्थामा दोस्रो आधा वर्षको आउला भन्ने के आश गर्नु खै नले थपे ।

नेपालबाट सन् २००८ देखि कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकालाई ईपीएसमार्फत दक्षिण कोरिया लग्दै आएको छ । कोरिया सरकारले विदेशी श्रमिक आपूर्ति गर्दै आएका देशमा कोरोना भाइरसका कारण सन् २०२० मा कोरियन भाषा परीक्षा सञ्चालन गरेन । नेपालमा कात्तिकमा परीक्षा फर्म खुलाएर चैतमा परीक्षा लिँदै आएको थियो । यो वर्ष पनि कोरियन भाषा परीक्षाका विषय अहिलेसम्म टुङ्गो नलागेको ईपीएस शाखाका निर्देशक गौतमले जानकारी दिए ।

सो शाखाका अनुसार ईपीएसमार्फत रोजगारीका लागि गएका ४५ हजारभन्दा बढी नेपाली युुवा दक्षिण कोरियाको रोजगारीमा गएका थिए त्यसमध्ये हालसम्म ४० हजार युुवा त्यहाँ कार्यरत रहेको ईपीएस शाखाले जनाएको छ ।योसमाचार गोरखापत्रमा छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *