काँग्रेस नेतृत्वमा चुनावी सरकार: नेता कोइराला

Breaking News समाचार
शेयर गर्नु होला

कास्की – नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी आगामी मङ्सिर वा चैतमा निर्वाचनमा जानुपर्ने बताएका छन ।

नेपाल प्रेस युनियन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देश अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेकाले निकास दिने जिम्मेवारी काँग्रेसको काँधमा आएको बताए । सत्तारुढ नेकपा एमालेभित्रको गुटबन्दीका कारण संसद अनिर्णयको बन्दी बनेको दाबी गर्दै उह्नले संसदीय व्यवस्थामा विश्वास गर्ने पार्टी भएकाले काँग्रेसको भूमिका महत्वपूर्ण रहेको बताए । उनले भने, “देशलाई निकास दिने काम काँग्रेसले मात्र गर्न सक्छ, त्यो निकासका लागि काँग्रेस नेतृत्वमा सरकार बनाइकन निर्वाचनमा जानु उत्तम उपाय हो ।”

सरकारले बिजनेस नदिएकाले संसद् अनिर्णयको बन्दी बनेको र सभामुख केही गर्न नसक्ने अवस्थामा रहेकाले संसद्को कार्यकाल पूरा गर्न दिने वा कसरी जाने भन्ने सवाल महत्वपूर्ण रहेको कोइरालाको भनाइ छ । काँग्रेसका लागि आगामी भदौमा हुने १४औ महाधिवेशन महत्वपूर्ण र प्राथमिकतामा रहेको बताउँदै नेता कोइरालाले आफू सभापति पदमा बाहेक अन्य पदमा उम्मेदबार नहुने स्पष्ट पारे।रासस


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *