बिबीसी – प्रहरीको गोलीले एकजना अश्वेत युवाको निधन भएपछि बढेको तनावका कारण अमेरिकाका दुईवटा सहरका मेयरहरूले त्यहाँ आपत्काल घोषणा गरेका छन्। मिनियापलिस र सेन्ट पलका मेयरहरूले आफ्ना सहरमा रातभरिका लागि कर्फ्यु लगाएका हुन।
२० वर्षीय डन्टे राइटलाई आइतवार ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा मिनसोटाको ब्रुकलिन सेन्टरमा कारबाट बाहिर निकालिएको थियो। त्यसक्रममा उनी आफ्नो कारभित्र प्रवेश गर्न खोज्दा खिचातानी भैइ प्रहरीको गोली लागेर उनको मृत्यु भएको प्रहरीले बताएको छ।
प्रहरीले उक्त घटनालाई दुर्घटनाका रूपमा अर्थ्याएको भए पनि राइटको निधनको खबरले त्यस क्षेत्रमा प्रदर्शनहरू भैरहेका छन्। प्रदर्शनले उग्र रूप लिन थालेपछि मेयरहरूले आपत्काल घोषणा गरेका हुन्।मिनसोटाका प्रहरी प्रमुख टीम गानन्ले उक्त घटना “एउटा दुर्घटना” भएको संवाददाताहरूलाई बताए। उनका अनुसार प्रहरी अधिकारीले गल्तीवस गोली चलाएकी थीइन।
तर उक्त घटनालाई लिएर त्यहाँ प्रदर्शनहरू भैरहेका छन। अर्का एक अश्वेत व्यक्ति जोर्ज फ्लोइडको हत्याको आरोपमा एकजना पूर्व अधिकारीमाथि चलिरहेको सुनुवाइका क्रममा नजिकैको मिनियापलिसमा पनि प्रदर्शनहरू भैरहेका छन्। सोमवार बिहानको एुटा पत्रकार सम्मेलनमा प्रहरी प्रमुखले उक्त घटनामा संलग्न महिला प्रहरी अधिकारीको शरीरमा राखिएको क्यामेरामा कैद भएको दृश्य देखाएका थिए। उक्त भिडियोमा राइटलाई हत्कडी लगाउन खोज्दा उनी जबरजस्ती आफ्नै कारमा पसेर बस्न खोजेको देखिन्छ।
त्यसपछि एकजना अधिकारीले “टेजर, टेजर, टेजर” भनेको सुनिन्छ। ती भनेका एकखाले अचेत बनाउने बन्दुकबाट प्रहार गर्नुअघि भनिने शब्दहरू हुन् र त्यसलाई प्रहरीको सामान्य प्रक्रिया मानिन्छ। त्यसपछि ती अश्वेत युवा राइट कारमा पस्छन् र कार गुडाउन थाल्छन।
त्यसबेला तिनै अधिकारीले “मैले उसलाई गोली हाने” भनेको भिडिॐा सुनिन्छ। गम्भीर घाइते भएका राइटको गाडी केही अगाडि पुगेर दुर्घटनाग्रस्त भएको थियो। प्रहरी प्रमुखले ती अधिकारीले राइटलाई बेहोस बनाउन खोजेको तर गल्तीले गोली चलेको हुनसक्ने आफ्नो विश्वास रहेको बताए। गोली हान्ने महिला अधिकारीलाई अहिले बिदामा पठाइेको छ। सोही पत्रकार सम्मेलनमा ब्रुकलिन सेन्टरका मेयर माइक इलियटले राइटका लागि न्याय दिलाउन आफूले सबैथोक गर्ने बताए।
राइटको मृत्युको खबरसँगै ब्रुकलिन सेन्टरमा अैतवार रातिदेखि नै आक्रोशित प्रदर्शनकारीहरूले प्रदर्शन सुरु गरेका छन्। सयौँ प्रदर्शनकारीहरूले उनको नाम लिएर प्रहरी प्रधान कार्यालयाघि धर्ना दिएका छन। प्रिजेन्टातिओनल व्हिते स्पेस रोयटर्स समाचार संस्थाका अनुसार प्रहरीले दङ्गा रोक्ने प्रयास गरेको छ र कतिपय प्रहरीका सवारीसाधनमा ढुङ्गामुढा पनि भएको छ।
प्रदर्शनकारीहरूले फुटपाथमा चकले लेखेका र मैनबत्ती बालेका थिए। पछि उनीहरूलाई अश्रुग्यास र बेहोस पार्ने ग्रिनेड हानेर प्रहरीले तितरबितर पारेको छ। स्थानीय समाचार संस्थाहरूका अनुसार त्यहाँ लुटपाट पनि मच्चिएको छ। मिनिआपोलिस र सेन्ट पलमा अैतवार र सोमवार रातिका लागि कर्फ्युको घोषणा गरिएको छ। राष्ट्रपति जो बाइडनले उक्त गोली प्रहारलाई दुखद भनेका छन्। तर उनले लुटपाट मच्चाउने कार्यको कुनै पनि औचित्य नभएको बताए।