फ्लोर क्रस गर्ने तीनजना प्रदेशसभा सदस्यहरु एमालेबाट निश्कासित

Breaking News समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं- कर्णाली प्रदेशसभामा शुक्रबार पार्टीको ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस गरेका तीनजना प्रदेशसभा सदस्यलाई एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निश्कासित गरिएको छ।

एमाले कर्णाली प्रदेश कमिटीको शनिबार बसेको बैठकले प्रदेशसभा सदस्यहरु अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निश्कासित गरिएको हो।

यस्तै बैठकले फ्लोर क्रस गर्ने अर्का नेता प्रकाश ज्वालाई कारबाही गर्न एमाले केन्द्रीय कमिटीलाई सिफारिस गरिएको छ।चार सांसदले पार्टीको ह्वीप विपरित मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर सरकार ढल्नबाट बचाएका थिए ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *