जसपाका बहुमत सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ल्याइने अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरे

Breaking News राजनीति समाचार
शेयर गर्नु होला
  • 86
  •  
  •  
  •  
  •  
  •  
    86
    Shares

फाईल तस्बिर

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ल्याइने अविश्वास प्रस्तावको पक्षमा उभिने की नउभिने भन्ने निर्णय गर्न नसकेको र ओझेलमा रहेको जनता समाजवादी पार्टीले अब अाएर अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरेका छन् ।

जसपाका एकजना नेताले गराएको जानकारी अनुशार वैशाख १४ गते बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ल्याइने अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरेका थिए।

जानकारी अनुशार जसपाका ३२ सांसदमध्ये १८ जना सांसदले प्रधानमन्त्री ओलीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए।

लामो समय देखीनै जसपाका नेताहरुबीच केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाउने विषयमा नै विवाद देखिएको परिपेक्षमा मंगलबार बसेको पार्टी पदाधिकारी बैठकमा पार्टी अध्यक्ष ठाकुरले तत्कालै कार्यकारिणी बैठक बोलाउन अस्वीकार गरेका थिए । ठाकुरले बैठक बोलाउन अस्वीकार गरेपछि केन्द्रीय कार्यकारिणी समिति बैठक बसेको स्रोतको दाबी छ ।


शेयर गर्नु होला
  • 86
  •  
  •  
  •  
  •  
  •  
    86
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *