सफा हिमाल अभियान २०२१ को दौरानमा मानव नेपाली सेनाले १५ वर्ष अघि हराएकाे हेलिकप्टर र मान अवशेष भेटायो

Breaking News समाचार
शेयर गर्नु होला
  • 39
  •  
  •  
  •  
  •  
  •  
    39
    Shares

काठमाडौं – हिमाल सफाईको क्रममा नेपाली सेनाले १५ वर्ष अघि हराएकाे हेलिकप्टर र मान अवशेष भेटिएको जनाएको छ ।

प्रेस विज्ञप्ति जारी गर्दै सेनाले सफा हिमाल अभियान २०२१ को दौरानमा मानव अवशेष तथा हेलिकप्टरको अवशेष फेला परेको बताएको हो ।

हिजो धबलागिरी बेसक्याम्प देखि २०० मिटर दक्षिणतर्फ माउण्टेन ईक्युपमेन्ट सहितका दुई वटा मानव अवशेष र सोही बेस क्याम्पबाट अन्दाजी १ किमी ईटालि वेस क्याम्पतर्फ ९ एन ए सी आर लेखेको हेलिकप्टरको अवशेष समेत समेत फेला परेको सेनाले बताएको छ ।

मृतकहरुको पहिचान नखुलेकाले यस सम्बन्धमा थप छानविन भइरहेको सेनाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।


शेयर गर्नु होला
  • 39
  •  
  •  
  •  
  •  
  •  
    39
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *