आइपीएल – पञ्जावको रोयल च्यालेन्जर्स बेंगलोरमाथि ३४ रनको जित

खेलकुद
शेयर गर्नु होला
  • 19
  •  
  •  
  •  
  •  
  •  
    19
    Shares

काठमाडौं – आइपीएलको शुक्रबार भएको खेलमा पञ्जाव किंग्स विजयी भएको छ। पञ्जावले रोयल च्यालेन्जर्स बेंगलोरलाई ३४ रनले पराजित गर्यो। अहमदाबादमा पहिला ब्याटिंग गरेको पञ्जावले ५ विकेटमा १७९ रन बनाएको थियो। जवाफमा बेंगलोरले ८ विकेट गुमाएर १४५ रनमात्र बनाउन सक्यो।

अहमदावादमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले ओपनर राहुलको अविजित ९१ रन मद्दतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७९ रन बनाएको थियो । राहुलले ५७ बल खेल्दै ७ चौका र ५ छक्का प्रहार गरे । उनले दोस्रो विकेटका लागि क्रिस गेलसँग ८० रनको साझेदारी गरे । गेलले २४ बल खेल्दा ६ चौका र २ छक्का मद्दतमा ४६ रन जोडे ।बेंगलोरका केल जेमिसनले २ तथा ड्यानिएल साम्स, युजभेन्द्र चेहल र शहबाज अहमेदले १-१ विकेट लिए ।

१८० रनको लक्ष्य पछ्याएको बेंगलोरले २० ओभर खेल्दै ८ विकेट गुमाएर १४५ रन मात्र बनाउन सक्यो । कप्तान विराट कोहलीले सर्वाधिक ३५ रन बनाएको इनिङ्समा रजत पाटिदार र हर्शल पटेलले समान ३१ रन जोडे । केल जेमिसन १६ रनमा अविजित रहे । बाँकी खेलाडी दोहोरो अंकमा रन बनाउन असफल रहे । पञ्जाबका हरप्रितले ४ ओभरमा १ मेडन राख्दै १९ रन खर्चेर ३ विकेट लिए ।

खेलपछि बंगलोर तेस्रो स्थानमा झरेको छ भने पञ्जाव पाँचौं स्थानमा उक्लिएको छ। समाना १०, १० अंक भएका चेन्नैइ, दिल्ली र बेंगलोर क्रमशः शीर्ष, दोस्रो र तेस्रोत स्थानमा छन्।


शेयर गर्नु होला
  • 19
  •  
  •  
  •  
  •  
  •  
    19
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *