आइपीएल – पोलार्डको विष्फोटक ब्याटिङ, मुम्बैइको कीर्तिमानी जित

खेलकुद
शेयर गर्नु होला
  • 22
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares

काठमाडौं – मुम्बैइ इन्डियन्सका कैरन पोलार्डले तुफानी ब्याटिंग गरेपछि मुम्बैइ इण्डियन्सले आइपीएलमा कीर्तिमानी जित हात पारेको छ। दिल्लीमा शनिबार भएको खेलमा मुम्बैइले चेन्नैइ सुपर किंग्समाथि ४ विकेटको जित हात पारेको छ।

चेन्नैइले दिएको २१९ रनको लक्ष्य मुम्बैइले ६ विकेट गुमाएर अन्तिम बलमा पूरा गर्यो।  मुम्बैइको जितमा पोलार्डको महत्वपूर्ण योगदान रह्यो। पोलार्डले ३४ बलमा नटआउट ८७ रन बनाए। उनले सो क्रममा ८ छक्का र ६ चौका प्रहार गरे। अन्तिम ओभरमा १६ रन बचाउन नसक्दा चेन्नैइ हार व्यहोर्न बाध्य भयो। पोलार्डले लुंगी एनगिडीको अन्तिम ओभरमा १६ रन प्रहार गरेर जित दिलाए।

मुम्बैइका लागि क्विन्टन डे ककले ३८, कप्तान रोहित शर्माले ३५ र क्रुनल पाण्ड्याले ३२ रन योगदान गरे । यस्तै हार्दिक पाण्ड्याले ७ बल खेल्दै २ छक्का मद्दतमा १६ रन जोडे । चेन्नाईका साम करनले सर्वाधिक ३ विकेट लिए । यस्तै शार्दुल ठाकुर, रविन्द्र जडेजा र मोइन अद्यीले समान १ विकेट लिए ।

त्यसअघि दिल्लीमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले फाप डु प्लेसिस, मोइन अली र अंबाटे राएडुको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २१८ रन बनाएको थियो । राएडुले अविजित रहँदै सर्वाधिक ७२ रन बनाए ।

यस्तै मोइन अलीले ३६ बलमा ५८ र डु प्लेसिसले २८ बलमा ५० रन बनाए । मुम्बैइका काएरन पोलार्डले २ तथा ट्रेन्ट बोल्ट र जसप्रित बुमराहले समान १ विकेट लिए ।


शेयर गर्नु होला
  • 22
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *