दिल्लीको पञ्जावमाथि जित – शीर्ष स्थानमा उक्लियो

खेलकुद
शेयर गर्नु होला
  • 12
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

काठमाडौं – भारतमा जारी १४ औं संस्करणको आईपीएलमा दिल्ली क्यापिटल्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। अैतबार अहमदाबादमा भएको खेलमा पञ्जाव किंग्समाथि ७ विकेटको सहज जित हात पार्दै दिल्ली शीर्षस्थानमा उक्लिएको हो।

मंयक अग्रवालले आफ्नो कप्तानी डेब्युमै अविजित ९९ रन बनाउँदा पञ्जाबले टस हारेर पहिले ब्याटिङ गर्दै दिल्लीलाई १६७ रनको लक्ष्य दिएको थियो। दिल्लीले १७।४ ओभर खेल्दै ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।अग्रवालले ५८ बल खेल्दै ८ चौका र ४ छक्का मद्दतमा अविजित ९९ रन बनाएका थिए । यस्तै अैइपीएलमा डेब्यु गरेका विश्व नम्बर वान टी-२० ब्याट्सम्यान डेविड मालानले २६ बलमा २६ रन बनाए । दिल्लीका कागिसो रबाडाले ३ तथा आभेष खान र अक्सर पटेलले १–१ विकेट लिए ।

दिल्लीका लागि ओपनर शिखर धवनले अविजित रहँदै सर्वाधिक ६९ रन बनाए । उनले ४७ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे । यस्तै अर्को ओपनर पृथ्वी शले ३९ रन जोडे । स्टिभ स्मिथ २५ र कप्तान ऋषभ पन्त १४ रन बनाएर आउट भए । शिमरोन हेतमायरले ४ बल खेल्दै एक चौका र दुई छक्का मद्दतमा अविजित १६ रन बनाए । पञ्जाबका रिले मेरेडिथ, हरप्रित ब्रार र क्रिस जोर्डनले १-१ विकेट लिए ।

जितपछि दिल्लीको ८ खेलबाट ६ जितसहित १२ अंक भएको छ। अब उसलाई प्लेअफ लागि बाँकी ६ खेल मध्ये २ खेल जिते पुग्नेछ।


शेयर गर्नु होला
  • 12
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *