भारतमा एकै दिन कोरोनाबाट ३४१७ को मृत्यु

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला
  • 12
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

नयाँ दिल्ली – भारतमा कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा तीन हजार ४१७ जनाको मृत्यु भएको छ। भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा तीन लाख ६८ हजार नयाँ सङ्क्रमित भेटिएका छन।

योसहित भारतमा कुल सङ्क्रमितको सङ्ख्या एक करोड ९९ लाख पुगेको छ । गत शनिबार दैनिक सङ्क्रमितको संख्या चार लाख नाघेको थियो तर अैतबार केही कमी आएको छ । भारतमा कोभिड सङ्क्रमणबाट हालसम्म दुई लाख १८ हजार ९५९ जनाको ज्यान गएको छ।

मन्त्रालयका अनुसार भारतमा अझै पनि ३४ लाखभन्दा बढी व्यक्ति सक्रिय सङ्क्रमित छन । गत २४ घण्टामा तीन लाख व्यक्ति सङ्क्रमणमुक्त भएका छन् । योसहित भारतमा कुल सङ्क्रमितमध्ये १ करोड ६२ लाख सङ्क्रमणमुक्त भएका छन् ।


शेयर गर्नु होला
  • 12
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *