बैतडीमा जिप दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु

समाचार
शेयर गर्नु होला
  • 20
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares

बैतडी – बैतडीमा जिप दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा थप पाँच जना सख्त घाईते भएका छन् । सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६, का वडा सदस्य गोविन्दसिंह भण्डारीको शवको पोष्ट मार्टमका लागि जिल्ला अस्पताल बैतडी आउदै गरेको जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि मृत्यु हुनेमा जीतसिंह भण्डारी ( ५० वर्ष) डम्बरसिंह भण्डारी ( ३०) हिक्मतसिंह भण्डारी (२७) दीपक भण्डारी ( ४०) र जिप चालक तेजबहादुर बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

वडा सदस्य भण्डारीको शव बोकेको से १ ज १८३ नम्बरको जिप प्रहरीको गाडी अगाडि आउदै गरेको अवस्थामा मङ्गलबार दिउँसो २ः ४५ बजे पञ्चेश्वर गाउँपालिका–६, गणमेश्वरको मोडबाट पाँचसय मिटर तल भीरमा खसेको छ ।


शेयर गर्नु होला
  • 20
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *